काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को १५ औं खेलमा चितवनले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
दुवै टोली आफ्नो चौथो खेल खेल्दैछन्। यसअघि काठमाडौंलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको चितवन कर्णाली याक्ससँग भने ६ विकेटले निरास बनेको थियो।
यता सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो।