काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको हो ।
चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए ।
कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।
बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिए ।