२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एनपीएलमा हालसम्मका उत्कृष्ट खेलाडी, कसले पाउला ओमोडाको गाडी?

२०८१, २४ मंसिर सोमबार १३:०६

काठमाडौँ | मंसिर १५ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा ९ दिनमा १५ खेल सम्पन्न भएका छन्। ८ फ्रेन्चाइज टिममध्ये जनकपुर बोल्ट्सले चार खेलमा लगातार जित निकालेको छ। सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले तीन-तीन खेल जितेका छन्। काठमाडौ गुर्खाज, पोखरा एभेन्जर्स, र विराटनगर किङ्सले एक-एक खेल जिते भने लुम्बिनी लायन्सले अहिलेसम्म जित निकाल्न सकेको छैन।

त्रिवि मैदानमा जारी लिगमा १७ खेल अझै बाँकी छन्। दर्शकको चासो र समर्थनले एनपीएललाई नेपाली क्रिकेटको नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यिनैमध्ये एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमोडा गाडी दिने घोषणा गरिएको छ। उत्कृष्ट ब्याट्सम्यान, बलर, र अलराउन्डरमध्येबाट एक जनालाई गाडी प्रदान गरिनेछ।

सर्वाधिक रन बनाउने खेलाडी:

रोहित पौडेल (लुम्बिनी लायन्स): १८१ रन (चार खेल)

सबैभन्दा बढी रन बनाउने अहिलेसम्मका नेपाली खेलाडीमा रोहित पौडेल रहेका छन्। ओभरसिजका खेलाडीलाई समेत पछि पार्दै उनी पहिलो स्थानमा रहेका छन्। हालसम्म राष्ट्रिय टोलीका समेत कप्तान रहेका लुम्बिनी लायन्सका मार्की पौडेलले चार खेलमा एक जित निकाल्न नसके पनि सर्वाधिक १८१ रन बनाएका छन्। उनको उच्च स्कोर भनेकोचाहिँ पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन रहेको थियो। पौडेल चार खेलमा १५५.३१ को स्ट्राइक रेटमा १८१ रन बनाएका हुन्।

दीपेन्द्र सिंह ऐरी (सुदूरपश्चिम रोयल्स): १४० रन (चार खेल)

सर्वाधिक रनकर्ताको नेपाली खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। उनले तीन म्याच खेल्दा २०४.४१ को सानदार स्ट्राइक रेटमा १ सय ४० रन बनाएका छन्। चौथो खेलमा चितवन राइनोजविरुद्ध भने ऐरीको ब्याट चल्न सकेन। उनी एक रन बनाएर पेभिलियन फर्किएका थिए। उनले तीन खेलमा १४० रन बनाउँदै उत्कृष्ट स्ट्राइक रेट (२०४.४१) कायम गरेका छन्।

अनिलकुमार साह (जनकपुर बोल्ट्स): ११३ रन (चार खेल)

नेपाली खेलाडीको सूचीमा तेस्रो नम्बरमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह रहेका छन्। उनले चार खेलमा अविजित हुँदा ११३ रन बनाएका छन्।

विवेक यादव (लुम्बिनी लायन्स): ९८ रन(चार खेल)

यसैगरी लुम्बिनी लायन्सका विवेक यादव चौथो नम्बरमा छन्। हालसम्म उनले ९८ रन बनाएका छन्।

लोकेश बम (विराटनगर किङ्स): ९७ रन (चार खेल)

खेलको पाँचौ स्थानमा रहेका नेपाली खेलाडी लोकेश बम हुन्। बिराटनगर किङ्सको पहिलो जितका लागि महत्वपूर्ण ७१ रनको पारी खेलेका उनले हालसम्म ९७ रन बनाएका छन्।

सर्वाधिक विकेट लिने खेलाडी:
ललित राजवंशी (जनकपुर बोल्ट्स): ८ विकेट, ८८ रन (९६ बल)
विपिन शर्मा (कर्णाली याक्स): ६ विकेट, ५९ रन(७२ बल)
अविनाश बोहरा (सुदूरपश्चिम रोयल्स): ६ विकेट, ९५ रन(८४ बल)
रिजन ढकाल (चितवन राइनोज): ६ विकेट, १०० रन(८३ बल)

अब बाँकी रहेका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमोडा गाडीको दाबेदारी बलियो बनाउन सक्नेछन्। साथै, फाइनलसम्मका खेलहरूमा अझ रोमाञ्चक रन र विकेटको वर्षा हुने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना