2026-07-26 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपिएलको प्लेअफ : शीर्ष स्थानको जनकपुरलाई सहज, लुम्बिनीलाई अन्य टिमको भर

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) खेलकुद क्षेत्रकै सबैभन्दा चर्चित खेल इभेन्ट बनेको छ । यही मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १५ खेल समाप्त भइसकेको छ ।
हालसम्म अपराजित जनकपुर चार खेलबाट आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पुछारमा रहेको लुम्बिनी जितविहीन छ । चार खेल खेल्दा पनि लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन ।

जनकपुर बोल्ट्स

अनिल शाहको कप्तानीमा रहेको टोलीले चार खेल खेलेकोमा अपराजित रहँदै आठ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। जनकपुर बोल्ट्सले अब सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र काठमाडौँ गुखार्जसँगको खेल खेल्न बाँकी छ। चार खेलमा जित निकालेकाले टोलीको प्लेअफको सम्भावना बलियो देखिन्छ।

सुदूरपश्चिम रोयल्स
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स अहिले तालिकाको दोस्रो स्थानमा छ। खेलेका चारमध्ये सुरुका तीन खेलमा विजयी भएको यो टोली आइतबार चितवन राइनोजसँग पराजित भयो। नेट रनरेट राम्रो भए पनि तीन खेलमा मात्र विजयी हुँदा यो टोली छ अंकका साथ दोस्रो स्थानमा छ। टोलीले अब लिग लिडर जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सविरुद्ध खेल्दैछ। फ्यानको सपोर्ट र खेलको लय हेर्दा यो टोलीले प्लेअफ खेल्नेमा शङ्का गर्नु नपर्ने देखिन्छ।

चितवन राइनोज
चारमध्ये तीन खेलमा जित हासिल गरेर छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको टोली हो– चितवन राइनोज। सुरुमा अन्डर रेटेड रहेको यो टोलीले खेलमार्फत आफूलाई जसरी स्थापित गर्यो, त्यो धेरै हाइपमा रहेका टोलीका लागि प्रेरणा समेत हो।

बलिङमा नाम चलेका फास्ट बलर पाकिस्तानका सोहेल तन्वीर र लोकल ब्वाइ रिजन ढकालले टोलीका लागि सुरुवाती चरणमै विकेट निकालिरहेका। त्यसकारण पनि कप्तान कुशल मल्लले धेरै तनाव लिनुपरेको छैन। यसका अलावा कप्तान मल्लसँगै इंग्ल्यान्डका अलराउन्डर रवि बोपाराको ब्याटिङमा धेरै निर्भर छ। नामिबियाका ब्याटिङ अलराउन्डर लफ्टी इटनको ब्याटको कमाल टोलीले खासै देखाउन सकेको छैन।

टोलीले अब आफ्ना तीन खेल लुम्बिनी लायन्स, विराटनगर किंग्स र जनकपुर बोल्टसँग खेल्न बाँकी छ। नपत्याउँदो तरिकाले टिमले निकालेको जितका कारण यसले बाँकी तीनमध्ये दुई खेलमा मात्रै जित निकाल्न सके मात्रै पनि टोलीले अन्तिम चारमा स्थान बनाउने पक्का देखिन्छ।

कर्णाली याक्स
भारतका चर्चित ब्याटर शिखर धवनलाई ल्याएर चर्चाको शिखरमै रहेको टोली हो-कर्णाली याक्स। तर अपसोच नै भन्नुपर्छ, टोली अङ्कतालिकाको शीर्ष स्थानमा भने आउन सकेको छैन।

राष्ट्रिय टोलीका मुख्य बलर सोमपाल कामीको कप्तानीमा रहेको टोलीले खेलेका चारमध्ये सुरुवाती दुई खेलमा पराजय भोग्दा पछिल्ला दुई खेल जितेर लयमा फर्किएको छ। तर, अब हुने खेलमा शिखर धवन रहने छैनन्। कर्णालीले शिखरको ठाउँमा आफ्नो ओपनिङ ब्याटिङमा कसलाई ल्याउँछ, त्यो हेर्न लायक हुनेछ।

दुई खेल जितेर चार अङ्कसहित चौथो स्थानमा रहँदा प्लेअफमा पुग्नका लागि बाँकी रहेका तीमध्ये दुई खेल जित्नुपर्ने हुन्छ। त्यति भएमा आठ अङ्कसहित अहिलेकै स्थानमा कायम रहन सक्नेछ। तर, त्यसमा पनि रनरेटको भूमिका अति नै महत्त्वपूर्ण हुन्छ।

कर्णालीले अब पोखरा, लुम्बिनी र सुदूरपश्चिमसँगको खेल खेल्न बाँकी छ। अङ्कतालिका र अहिलेसम्मको खेल हेर्दा लुम्बिनी र पोखरा तुलनात्मक कर्णालीभन्दा कमजोर देखिए पनि सुदूरपश्चिम भने बलियो नै देखिन्छ।

पोखरा एभेन्जर्स
नेपाल प्रिमियर लिगकै सबैभन्दा महँगो टिम हो- पोखरा एभेन्जर्स। महँगो रकममा किने पनि प्रतियोगितामा टिमले सुरुवाती दुई खेलमा पराजय भोग्यो। तर, गत शुक्रवार भएको खेलमा पोखरा लुम्बिनी लायन्समाथि यसरी हाबी भयो कि १० विकेटको जित हात पार्यो।

अझै चार खेल खेल्न बाँकी नै रहेको पोखराका लागि सबै खेल महत्त्वपूर्ण छन्। प्लेअफमा स्थान बनाउनका लागि पनि टिमले अबको खेल जित्नुपर्ने हुन्छ। पोखराले मङ्गलवार दिउँसो कर्णालीसँग खेल्दा विराटनगर, काठमाडौँ र सुदूरपश्चिम सँग अझै खेल्न बाँकी रहन्छ।

सुरुवाती ब्याटिङ नचल्दा समस्यामा रहेको पोखराले टप अर्डर ब्याटरले ध्यान दिएर खेल्नुपर्ने देखिन्छ। गएका दुई खेलमा कप्तान कुशल भुर्तेल खासै चल्न सकेका छैनन् भने तेस्रो खेलमा उनी आउनै परेन। अमेरिकी खेलाडी एन्ड्रु गौसको ब्याटिङका कारण आफ्नो तेस्रो खेलमा पोखराले शानदार जित निकालेको थियो। उनी एनपीएलमा पहिलो शतक हान्ने खेलाडी समेत हुन्।

काठमाडौँ गुर्खाज
तीन खेल मात्र खेलेको काठमाडौँ एनपीएलको अङ्कतालिकाको छैटौँ स्थानमा छ। तीनमध्ये दुई खेलमा पराजय र एकमा मात्र विजयी भएको करण केसी नेतृत्वको काठमाडौँ अबका खेलहरू नसुधारे प्लेअफ नपुग्न पनि सक्छ। सुदूरपश्चिम र चितवनसँगको खेल हारेको काठमाडौँले कर्णालीसँग इन्टेन्स खेल भने जितेको थियो।

प्लेअफमा पुग्नका लागि टोलीले टोलीलाई विश्वासमा लिएर खेल्न जरुरी छ। काठमाडौँले अब अङ्कतालिकाको सबैभन्दा पुच्छरमा रहेको लुम्बिनीदेखि सिरानमा रहेको जनकपुरसँग समेत खेल्न बाँकी छ। यसका अलावा पोखरा र विराटनगरसँग पनि काठमाडौँको खेल बाँकी नै छ। पोखरा र विराटनगरको सरह समान दुई–दुई अङ्क भए पनि काठमाडौँ रनरेटका आधारमा छैटौँ स्थानमा छ।

विराटनगर किंग्स
सुरुवाती दुई खेलमा नै पराजय भोगेर तेस्रो खेलमा लुम्बिनीमाथि शानदार जित हात पारेको सन्दीप लामिछाने नेतृत्वको विराटनगरले एनपीएलमा अस्तित्वको लडाइँ लड्दैछ। चारमध्ये तीन खेलमा नमिठो हार व्यहोरेको टोलीले आफूलाई प्लेअफमा पुग्न आफ्नो मात्र नभएर अरू टिमको खेलमा समेत भर पर्नुपर्ने अवस्था रहन्छ।

पहिलो खेलमा जनकपुरसँग आठ विकेटले हारेको विराटनगर दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ड्रेसिङ रुममा ह्याप्पी मोमेन्ट नभएको बताएका थिए। त्यसपछिको तेस्रो खेलमा विजयी भएको टोलीले चौथो खेलमा कर्णालीसँग सात रनको हार व्यहोर्न पुग्यो।

मार्टिन गुप्टिलजस्ता खेलाडी रहेको टिममा ब्याटिङ खासै चल्न सकेको छैन। टप अर्डरमा पूर्णतः निर्भर हुँदा पावर प्लेमा विकेट गुमाएपछि टोली खासै जम्न सकेको देखिँदैन। टोलीको अब पोखरा, चितवन, र काठमाडौँसँगको खेल बाँकी छ।

लुम्बिनी लायन्स
राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले अहिलेसम्म खेलेका चार खेल हारेको छ। पहिलो खेलमा एक सय ९२ रनको सर्वाधिक रनको लक्ष्य दिए पनि बलिङ कमजोर हुँदा टोली पराजित हुन पुग्यो।

ब्याटिङ र फिल्डिङ राम्रो भए पनि अहिले कप्तान पौडेल र प्रशिक्षक नन्दन फाडनिसको टाउको दुखाइको विषय टोलीको बलिङ बनेको छ। अस्ट्रेलियन अलराउन्डर बेन कटिङले बलिङ नगरेपछि टोलीमा उनको उपस्थितिलाई पनि प्रश्नको रूपमा हेरिएको छ।

तीन खेल हारेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले ठट्टा गर्दै बलिङका लागि अब भारतबाट बुमराह नै ल्याउनुपर्ने बताएका छन्। उनले यो ठट्टामा भने पनि त्यसभित्रको पीडा उनैले महसुस गरेका छन् सायद।

टोलीले अब चितवन, काठमाडौँ र कर्णालीसँग खेल्न बाँकी छ। एनपीएलमा आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि टोलीले सबै खेल जित्नुपर्ने हुन्छ। बाँकी रहेको सबै खेल जिते पनि टोलीको लागि प्लेअफ पुग्ने सम्भावनाका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ