काठमाडौं | नेपाल प्रिमियर लिग एनपीएलमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनीलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो।
लुम्बिनीका लागि भीम सार्कीले ४० बलमा सर्वाधिक ३१ रन बनाए । काठमाडौंका ब्याट्सम्यानले ६२ डट बल खेलेका थिए ।