काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को आज शुक्रबारको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ ।
आजको खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा कर्णाली याक्सका अलराउन्डर विलियम बोसिस्टो ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाएका थिए । ३० बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे साथै उनलेले १ विकेट पनि लिएका थिए । सोहि कारण बोसिस्टोले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
एनपीएलमा उनले तेस्रो पटक प्लेयर अफ द म्याचको अवार्ड जितेका हुन् ।
त्यस्तै, लुम्बिनीका टम मुर्सले ‘सुपर फोर’ को अवार्ड जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।
र कर्णालीका नन्दन यादवले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जितेका छन् । उनले पनि २५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।