२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बिराटनगरले चितवनलाई दियो १८२ रनको बलियो लक्ष्य

२०८१, २८ मंसिर शुक्रबार १४:४४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बिराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १८१ रन बनाएको हो।

विराटनगरका बसिर अहमेदले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । ३३–४ को स्थितिबाट बसिरले ओपनर मार्टिन गप्टिलसँग ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।

अर्धशतक बनाउन पाँच रनले चुकेका गप्टिलले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे । गप्टिललाई १४औँ ओभरको पाँचौँ बलमा चितवनका कप्तान कुशल मल्लले बोल्ड गरेका थिए ।

बसिरले ९८–५ को स्थितिबाट पाँचौँ विकेटका निम्ति राजेश पुलामी मगरसँग ८३ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रन पार गराएका थिए ।

राजेश पुलामी मगरले अविजित ३३ रन थपे । राजेशले २० बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

विराटनगरका ओपनर लोकेश बम र स्कट एड्वार्ड्स ‘डक’ भए । दीपक बोहराले पनि चार रनमात्र थप्न सके । निकोलस किर्टोनले आठ रन जोडे ।

चितवनका रिजन ढकालले दुई विकेट लिए । चार ओभर बलिङ गरेका रिजनले ४० रन खर्चिए । सोहेल तान्विर, बसिर अमिद र कुशल मल्लले समान एक विकेट हात पारे ।

प्लेअफ सम्भावना कायम राख्न आज दुवै टिम जितको दबाबमा छन् । पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंकमात्र छ ।

आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ । यसअघि प्रतियोगिताको प्लेअफ समीकरणबाट लुम्बिनी लायन्स बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना