२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बिराटनगरले चितवनलाई दियो १८२ रनको बलियो लक्ष्य

२८ मंसिर २०८१, शुक्रबार १४:४४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बिराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १८१ रन बनाएको हो।

विराटनगरका बसिर अहमेदले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । ३३–४ को स्थितिबाट बसिरले ओपनर मार्टिन गप्टिलसँग ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।

अर्धशतक बनाउन पाँच रनले चुकेका गप्टिलले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे । गप्टिललाई १४औँ ओभरको पाँचौँ बलमा चितवनका कप्तान कुशल मल्लले बोल्ड गरेका थिए ।

बसिरले ९८–५ को स्थितिबाट पाँचौँ विकेटका निम्ति राजेश पुलामी मगरसँग ८३ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रन पार गराएका थिए ।

राजेश पुलामी मगरले अविजित ३३ रन थपे । राजेशले २० बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

विराटनगरका ओपनर लोकेश बम र स्कट एड्वार्ड्स ‘डक’ भए । दीपक बोहराले पनि चार रनमात्र थप्न सके । निकोलस किर्टोनले आठ रन जोडे ।

चितवनका रिजन ढकालले दुई विकेट लिए । चार ओभर बलिङ गरेका रिजनले ४० रन खर्चिए । सोहेल तान्विर, बसिर अमिद र कुशल मल्लले समान एक विकेट हात पारे ।

प्लेअफ सम्भावना कायम राख्न आज दुवै टिम जितको दबाबमा छन् । पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंकमात्र छ ।

आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ । यसअघि प्रतियोगिताको प्लेअफ समीकरणबाट लुम्बिनी लायन्स बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव