२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चितवनलाई ५१ रनले हराउदै बिराटनगरको दोस्रो जित, प्लेअफको सम्भावना जिवितै

२०८१, २८ मंसिर शुक्रबार १६:२४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजबिरुद्ध बिराटनगर किंग्सले ५१ रनको फराकिलो जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बिराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १८१ रन बनाएको थियो।

तर,  चितवनले निर्धारित  २० ओभरमा विकेट गुमाउदै १३० रन मात्र बनाएको हो।

चितवनका लागि अमर राउटेलाले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा तेस्रो पराजय भोग्न बाध्य भयो। राउटेला लोकेश बमको बलमा क्रिस सोलेको हातबाट क्याच आउट हुन पुगे।

ओपनर सन्तोष कार्की २८ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए। कप्तान कुशल मल्ल २५ रन बनाउँदा क्रिस सोलेको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। रवि बोपारा २० रन बनाउँदा सुवास भण्डारीको बलमा बोल्ड भए।

विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट झारे। क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बलमे समान एक विकेट आफ्नो नाममा पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तयार पारेको थियो।

बसिर अहमद ६८ र राजेश पुलामी ३३ रनमा अविजित रहे। मध्यक्रममा ब्याटिङमा आएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।

पाचौँ विकेटका लागि मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङस् उकासेका थिए। विराटनगर एक समय ६.२ ओभरमा ४–३३ को अवस्थामा थियो।

ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टील कुशल मल्लको बलमा बोल्ड आउट भए। चितवनविरुद्ध विराटनगरका गप्टील, बसिर र राजेश मात्र चले।

लोकेश बम शुन्य रनमा नै रिजन ढकालको बलमा बोल्ड आउट भए। दिपक बोहोरा ४ रनमा रिजन कै बलमा बोल्ड हुन पुगे।

स्कट इडवार्ड शुन्य रनमा पेभेलियन फर्के। निकोलस किर्तोन ८ रन बनाउँदा बसिर हमिदको बलमा एल्बीडब्लु धरापमा परे।

चितवनका लागि रिजन ढकालले दुई विकेट लिए। सोहेल तनविर, बसिर हकिद र कुशल मल्लले समान एक विकेट लिए।

एनपीएलमा यो सहित २ खेल जितेसँगै बिराटनगरको प्लेअफको गणितीय सम्भावना जिवितै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना