४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चितवनलाई ५१ रनले हराउदै बिराटनगरको दोस्रो जित, प्लेअफको सम्भावना जिवितै

२८ मंसिर २०८१, शुक्रबार १६:२४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजबिरुद्ध बिराटनगर किंग्सले ५१ रनको फराकिलो जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बिराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १८१ रन बनाएको थियो।

तर,  चितवनले निर्धारित  २० ओभरमा विकेट गुमाउदै १३० रन मात्र बनाएको हो।

चितवनका लागि अमर राउटेलाले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा तेस्रो पराजय भोग्न बाध्य भयो। राउटेला लोकेश बमको बलमा क्रिस सोलेको हातबाट क्याच आउट हुन पुगे।

ओपनर सन्तोष कार्की २८ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए। कप्तान कुशल मल्ल २५ रन बनाउँदा क्रिस सोलेको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। रवि बोपारा २० रन बनाउँदा सुवास भण्डारीको बलमा बोल्ड भए।

विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट झारे। क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बलमे समान एक विकेट आफ्नो नाममा पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तयार पारेको थियो।

बसिर अहमद ६८ र राजेश पुलामी ३३ रनमा अविजित रहे। मध्यक्रममा ब्याटिङमा आएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए।

पाचौँ विकेटका लागि मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङस् उकासेका थिए। विराटनगर एक समय ६.२ ओभरमा ४–३३ को अवस्थामा थियो।

ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टील कुशल मल्लको बलमा बोल्ड आउट भए। चितवनविरुद्ध विराटनगरका गप्टील, बसिर र राजेश मात्र चले।

लोकेश बम शुन्य रनमा नै रिजन ढकालको बलमा बोल्ड आउट भए। दिपक बोहोरा ४ रनमा रिजन कै बलमा बोल्ड हुन पुगे।

स्कट इडवार्ड शुन्य रनमा पेभेलियन फर्के। निकोलस किर्तोन ८ रन बनाउँदा बसिर हमिदको बलमा एल्बीडब्लु धरापमा परे।

चितवनका लागि रिजन ढकालले दुई विकेट लिए। सोहेल तनविर, बसिर हकिद र कुशल मल्लले समान एक विकेट लिए।

एनपीएलमा यो सहित २ खेल जितेसँगै बिराटनगरको प्लेअफको गणितीय सम्भावना जिवितै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ