२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरसँगको हारपछि चितवनको प्लेअफ यात्रामा धक्का

२८ मंसिर २०८१, शुक्रबार १६:४६

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ।

शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको हो।

शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ। विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ।

विराटनगरले एनपीएलको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्दैछ। शीर्ष चारको दौडमा रहेको काठमाण्डु विराटनगरलाई हराउने रणनितिमा हुनेछ।

चितवन राइनोजमाथि शानदार जित निकाल्दै विराटनगरले प्लेआफमा पुग्ने आशा जीवीत राखेको छ। अब अन्तिम चरणका सबै खेलमा आफू अनुकुल नतिजा आएमा विराटनगर प्लेअफ पुग्ने सम्भावना जागेको छ।

यता विराटनगरसँगको हारले चितवनको प्लेअफ यात्रामा भने धक्का पुगेको छ। चितवनले लिगको आफ्नो अन्तिम खेलमा भोलि शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्दैछ। जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। एनपीएलमा उपाधि दाबेदार टोलीको रुपमा रहेको बलियो जनकपुरलाई हराउन चितवनलाई केही कठिन भने पक्कै पर्नेछ।

एनपीएलको ६ खेलमा ३ खेलमा जित र ३ खेलमा नै हार भोगेको चितवन ६ अंकमा तालिकाको चौथो स्थानमा यथावत छ। चितवनले अन्तिम खेलमा पनि हार भोगेको अवस्थामा काठमाण्डु, पोखरा र कर्णालीको नतिजाले पनि असर गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव