2026-09-19 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरसँगको हारपछि चितवनको प्लेअफ यात्रामा धक्का

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ।

शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको हो।

शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ। विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ।

विराटनगरले एनपीएलको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्दैछ। शीर्ष चारको दौडमा रहेको काठमाण्डु विराटनगरलाई हराउने रणनितिमा हुनेछ।

चितवन राइनोजमाथि शानदार जित निकाल्दै विराटनगरले प्लेआफमा पुग्ने आशा जीवीत राखेको छ। अब अन्तिम चरणका सबै खेलमा आफू अनुकुल नतिजा आएमा विराटनगर प्लेअफ पुग्ने सम्भावना जागेको छ।

यता विराटनगरसँगको हारले चितवनको प्लेअफ यात्रामा भने धक्का पुगेको छ। चितवनले लिगको आफ्नो अन्तिम खेलमा भोलि शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्दैछ। जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। एनपीएलमा उपाधि दाबेदार टोलीको रुपमा रहेको बलियो जनकपुरलाई हराउन चितवनलाई केही कठिन भने पक्कै पर्नेछ।

एनपीएलको ६ खेलमा ३ खेलमा जित र ३ खेलमा नै हार भोगेको चितवन ६ अंकमा तालिकाको चौथो स्थानमा यथावत छ। चितवनले अन्तिम खेलमा पनि हार भोगेको अवस्थामा काठमाण्डु, पोखरा र कर्णालीको नतिजाले पनि असर गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई