२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जनकपुरलाई ३२ रनले हराउदै चितवनको चौथौ जित, प्लेअफको सम्भावना कायमै

२९ मंसिर २०८१, शनिबार १६:२८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सबिरुद्ध चितवन राइनोजले ३२ रनको फराकिलो जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो।

तर, जनकपुरले निर्धारित १८ ओभरमा सबै विकेट गुमाउदै १४८ रन मात्र बनाएको हो।

जनकपुर बोल्ट्सका लागि जिमी नीशम विस्फोटक पारी खेले | उनले २४ बलमा ५ चौका र ६ छक्काको मद्दतले ६५ रन बनाए |त्यस्तै, आसिफ शेखले २६ बलमा २३ रन बनाए | भने शुभ कंशकारले १५ रन र मोहम्मद मोहसिनले १३ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन |

बलिङमा चितवन राइनोजका लागि कुशल मल्ल, रिजन ढकाल र सोहेल तनविरले समान २-२ विकेट लिए |भने अमरसिंह राउटेलाले १ विकेट लिए |

यस अघि ट्रस जितेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो।

चितवन राइनोजका लागि कुशल मल्लले अर्धसतकीय पारी खेले | उनले ४१ बलमा ७२ रनको योगदान दिएका थिए |

त्यस्तै, रवि बोपाराले ३२ बलमा ४४ रन बनाए भने ओपनर हसन इसाखिलले १९ बलमा २८ रन जोडेका थिए । सन्तोष कार्कीले १२ बलमा १४ रन बनाएका थिए |

बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिएका थिए | भने जेम्स निसम, मोहम्मत मोहसिन र हर्ष ठाकेरले समान १-१ विकेट लिएका थिए |

जनकपुर बोल्ट्स यस अघि नै प्लेअफमा पुगिसकेको छ |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव