२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलमा आज दुई खेल हुदै: पहिलो खेल काठमाडौं र विराटनगरबीच हुदै

३० मंसिर २०८१, आईतवार ०८:४४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार पनि लिग चरणका दुई खेल हुनेछन् ।

आज पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफ पुग्न आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्दैछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको आजको जित र अन्य खेलको नतिजाले प्लेअफ पुग्ने सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। भने विराटनगर अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

त्यस्तै, एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।

५ खेल खेलेको सुदूरपश्चिम ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । नेटरेनरेट धेरै राम्रो रहेकोले सुदूरको लागि थोरै अन्तरको हारले पनि असर गर्ने छैन ।

आजको खेल जितेमा सुदूरको शीर्ष दुईको यात्रा करिब पक्कापक्की हुनेछ । ७ खेल खेलिसकेको जनकपुर १० अंक जोडेर शीर्ष स्थानमा छ ।

पोखरा एभेन्जर्सका लागि पनि अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । ६ खेल खेल्दा २ खेल मात्र जितेको पोखराले ४ खेल हारेको थियो । अन्तिम खेल जित्दै पोखरा सुखद रुपमा लिग सकाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव