२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलमा आज दुई खेल हुदै: पहिलो खेल काठमाडौं र विराटनगरबीच हुदै

२०८१, ३० मंसिर आईतवार ०८:४४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार पनि लिग चरणका दुई खेल हुनेछन् ।

आज पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफ पुग्न आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्दैछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको आजको जित र अन्य खेलको नतिजाले प्लेअफ पुग्ने सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। भने विराटनगर अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

त्यस्तै, एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।

५ खेल खेलेको सुदूरपश्चिम ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । नेटरेनरेट धेरै राम्रो रहेकोले सुदूरको लागि थोरै अन्तरको हारले पनि असर गर्ने छैन ।

आजको खेल जितेमा सुदूरको शीर्ष दुईको यात्रा करिब पक्कापक्की हुनेछ । ७ खेल खेलिसकेको जनकपुर १० अंक जोडेर शीर्ष स्थानमा छ ।

पोखरा एभेन्जर्सका लागि पनि अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । ६ खेल खेल्दा २ खेल मात्र जितेको पोखराले ४ खेल हारेको थियो । अन्तिम खेल जित्दै पोखरा सुखद रुपमा लिग सकाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना