२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगर किंग्सलाई हराउदै काठमान्डु गुर्खाजको चौथो जित

३० मंसिर २०८१, आईतवार १२:२६

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सबिरुद्धको आजको खेल काठमान्डु गुर्खाजले जितेको छ ।

विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गरेको हो।

आजसहित काठमान्डुले चार खेलमा जित निकाल्दा तीन खेलमा भने हार भोगेको छ।

काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुईदुई विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो । विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए ।

ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए । २१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे ।

दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव