काठमाडौँ | पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम जारी खेलमा सुदूरपश्चिमले १० औं ओभरमा ३ विकेट गुमाएर ५० रन जोडेको छ ।
१०२ रनको सामान्य लक्ष्य पाएको सुदूरपश्चिमले ३ विकेटका रुपमा ब्रान्डन म्याकमुलेन,सैफ अली जैब र विनोद भण्डारी आउट भइसकेका छन्।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनाएको थियो ।