२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल प्लेअफ समीकरण पूरा : क्वालिफायर र इलिमिनेटरमा कुन टिम कोसँग कहिले भिड्दै ?

१ पुष २०८१, सोमबार १२:३७

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ ।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो ।

सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो ।

अब क्वालिफायर वानमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । उक्त खेलको विजेताले फाइनलको यात्रा गर्नेछ । क्वालिफायर वानमा पराजित टिमलाई फेरि फाइनल पुग्ने अर्को मौका मिल्नेछ । त्यो हो, क्वालिफायर दुई ।

क्वालिफायर दुईमा एलिमिनेटरको विजेता र क्वालिफायर वानको पराजित टिम प्रतिस्पर्धा गर्ने छन् । एलिमिनेटरमा चितवन र कर्णाली प्रतिस्पर्धा गर्ने छन् । उक्त खेलमा पराजित टिम एनपिएलबाट बाहिरिने छ ।

एलिमिनेटर र क्वालिफायर वानको म्याच बुधबार हुने तालिका छ । यस्तै, क्वालिफायर दुईको खेल बिहीबार तथा फाइनल खेल पुस ६ गते शनिबार हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट