२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल प्लेअफ समीकरण पूरा : क्वालिफायर र इलिमिनेटरमा कुन टिम कोसँग कहिले भिड्दै ?

२०८१, १ पुष सोमबार १२:३७

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ ।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो ।

सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो ।

अब क्वालिफायर वानमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । उक्त खेलको विजेताले फाइनलको यात्रा गर्नेछ । क्वालिफायर वानमा पराजित टिमलाई फेरि फाइनल पुग्ने अर्को मौका मिल्नेछ । त्यो हो, क्वालिफायर दुई ।

क्वालिफायर दुईमा एलिमिनेटरको विजेता र क्वालिफायर वानको पराजित टिम प्रतिस्पर्धा गर्ने छन् । एलिमिनेटरमा चितवन र कर्णाली प्रतिस्पर्धा गर्ने छन् । उक्त खेलमा पराजित टिम एनपिएलबाट बाहिरिने छ ।

एलिमिनेटर र क्वालिफायर वानको म्याच बुधबार हुने तालिका छ । यस्तै, क्वालिफायर दुईको खेल बिहीबार तथा फाइनल खेल पुस ६ गते शनिबार हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना