१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला यू-१९ एसिया कप: नेपालसँग पाकिस्तान ६ विकेटले पराजित, इतिहास रच्दै नेपाल सुपर ४ मा

१ पुष २०८१, सोमबार १५:०१

काठमाडौँ | मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली इतिहास रच्दै प्रतियोगिताको सुपर ४ चरणमा प्रवेश गरेको छ । कुनै पनि नेपाली क्रिकेट टोलीले टेस्ट राष्ट्र सम्मिलित एसिया कपमा हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धी हो ।

मलेसियाको बायुमास ओभलमा भएको आजको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सुपर ४ चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा अझै एक खेल खेल्नै बाँकी छ । बाँकी एउटा खेल नेपालले भोलि भारतविरुद्ध खेल्नेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूहका शीर्ष २ टोली सुपर ४ चरणमा जान्छन् । नेपाल भएको समूहमा भारत र पाकिस्तान छन् । पाकिस्तानले भारतसँग पनि हारिसकेको हुँदा उसको अंक शुन्य छ । अब नेपालले भोलि भारतसँग हारे पनि सुपर ४ को यात्रा तय गर्नेछ ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाइन् । सोनी पाख्रिनले १३, सिमाना केसीले १२, सना प्रविनले १० रन बनाइन् । पाकिस्तानका लागि करातुलिन र फतिमा खानले १–१ विकेट लिए ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३५ रन बनाइन् । महम अनीसले २९, राविल फरहानले १३ र कप्तान जुफिशाँ अयाजले १२ रन बनाइन् । नेपालका लागि कप्तान पूजा महतोले २ विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ