काठमाडौँ | मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । एलिसाकुमारी यादवले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।
भारतका लागि पारुनिका सिसोदियाले तीन विकेट लिइन् ।
नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।