काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह खेलका क्रममा घाइते भएका छन्। खेलका क्रममा ब्याट अनब्यालेन्स हुँदा उनको हातको बुढी औंलामा क्र्याक भएको जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडाले जानकारी दिएका हुन्।
हातमा प्लास्टर गरिएको र भोलिको खेल खेल्ने नखेल्ने भन्नेबारे डाक्टरको रिपोर्ट आउन बाँकी रहेको खतिवडाले बताए ।
‘खेल्ने क्रममा ब्याटमा लाग्दा अनिलको औंला क्र्याक भएको छ । अहिले प्लास्टर गरेर रेस्टमा हुनुहुन्छ । डाक्टर रिपोर्ट आउन बाँकी छ, तर सम्भवतः उहाँ भोलिको खेल खेल्नुहुन्छ’, उनले भने ।
जनकपुरले एनपीएलको पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका रहेको छ ।