२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल समूह उप विजेता बन्दै सेमिफाइनलमा

२ पुष २०८१, मंगलवार १६:१३

काठमाडौँ | नेपाल समूह उप विजेता बन्दै एसीसी वुमन्स यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको दोस्रो खेल बर्षाको कारण रद्द भएपछि नेपालले  भारतसँग अंक बाँडेको हो । भारतसँग अंक बाँडेपनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बन्यो ।

भारत र नेपालले समूहबाट समान तीन तीन अंक बटुलेका छन् । पाकिस्तान अंक विहीन भएर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले २५ र अलिसा यादवले २० रन बनाउनु बाहेक अन्यको प्रर्दशन खराब रह्यो । अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

भारतकी पारुनिका सिसौदाले नेपालको ४ विकेट लिइन्। जवाफी ब्याटिङ थालेको भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाएको थियो । त्यसपछि वर्षाले खेल रोकियो र दुवै टिमले समान एक एक अंक बाँडेका थिए । नेपालले अब समूह बीको विजेता बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

समूह बीबाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित