३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपिएलमा आज दुई खेल हुदैँ, पहिलो इलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्दै

३ पुष २०८१, बुधबार ०८:३७

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुदैँछ ।
आजको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ |

यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ ।

यस्तै आजको दोस्रो खेल भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच हुदैँछ । यो खेलले फाइनलको यात्रा सुनिश्चित गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुँदैछ ।

यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर मार्फत अन्तिम अवसर पाउनेछ । लिग चरणमा सुदूरपश्चिमले सातमध्ये ६ खेलमा जित र एक हारसँगै १२ अंक जोड्दै शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान बनाएको हो ।

जनकपुरले भने पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । समूह चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो ।

जनकपुरका कप्तान अनिलकुमार साहले चोटका कारण बाँकी खेल खेल्न नपाएको अवस्थामा कप्तानीको जिम्मेवारी आसिफ शेखले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवन राइनोजले गुमायो दोस्रो विकेट कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै भक्तपुरमा बुवाले गरे आफ्नै छोरालाई चक्कु प्रहार गरेर ह-त्या कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन आज विश्वभरि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै आजको मौसम: तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने एनपिएलमा आज दुई खेल हुदैँ, पहिलो इलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्दै वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन(सूची) विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा दुई जना पक्राउ शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें भन्ने रविको प्रश्नमा न्यायाधीशको जवाफ,“तपाईंलाई यो अनुभव पछि काम लाग्छ ” एनपीएल क्रिकेटः रंगशाला बाहिरै सुत्नेदेखि कमेण्टेटरको कमालसम्म व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो नेपाल समूह उप विजेता बन्दै सेमिफाइनलमा सामान्य अंकले बढ्यो नेप्से एनपीएलको पुरस्कार राशि घोषणा: विजेतालाई १ करोड १० लाख, अरुलाई कति?