२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

३ पुष २०८१, बुधबार १४:२४

काठमाडौँ | भारतीय क्रिकेट टिमका अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ब्रिसबेनमा अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटपछि अश्विनले सन्न्यासको घोषणा गरेका हुन् ।

सन्न्यासको घोषणा गर्दै उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सहित रोहित शर्मा, विराट कोहली, अजिन्क्या रहाणे, चेतेश्वर पुजारालगातयका खेलाडीलाई धन्यवाद दिएका छन् ।

३८ वर्षीय अश्विनले १ सय ६ टेस्ट क्रिकेटमा ५ सय ३७ विकेट लिएका छन् । उनले आठ पटक १० विकेट लिएका हुन् । अश्विनले टेस्ट क्रिकेटमा ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका छन् । उनले ६ शतक र १४ अर्धशतक बनाएका छन् ।

अश्विन टेस्ट क्रिकेटमा भारतका लागि सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । टेस्ट क्रिकेटमा भारतका लागि अनिल कुम्बलेले सबैभन्दा धेरै ६ सय १९ विकेट लिएका छन् ।

यस्तै अश्विनले १ सय १६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५६ विकेट र ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…