२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज

३ पुष २०८१, बुधबार १५:३८

काठमाडौँ | हङकङसँगको ३ खेलको एक दिवसीय यू-१९ सिरिज नेपालले जितेको छ । लगातार दुई खेलमा जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेका हो । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गर्यो ।

मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमा समेटियो । हङकङका कप्तान शिव माथुरले सर्वाधिक १६ रन जोडे । प्रित मांगुकिया र आरेज डरले १४-१५ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका दयानन्ड मण्डलले ४, अपराजित पौडेल र किर्बिन श्रेष्ठले दुईदुई र नरेन भट्ट र सन्तोष यादवले एकएक विकेट लिए त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो ।

नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । १०९ बल खेलेका ओपनर कुँवरले ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष यादव ५४ बलमा ६६ रनमा अविजित रहे ।

कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलि ४१ रनमा आउट भए । बलिङमा डेनियल म्यापले सर्वाधिक ३ विकेट लिए । अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…