२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स

२०८१, ३ पुष बुधबार १६:१५

काठमाडौँ | जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

जनकपुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ८ विकेटले हराएको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले ५८ रन बनाए । उनले ५५ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । एनपीएलमा विनोदको यो पहिलो अर्धशतक हो ।

सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमसँग पराजित जनकपुरले भने अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आजै भएको इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त