२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमसँग हारेपछि जनकपुरका कप्तान आसिफ भन्छन्- विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र हामी जित्छौं

२०८१, ३ पुष बुधबार १८:००

काठमाडौँ | बुधबारको खेलमा कप्तानीको भूमिका रहेका जनकपुरका मार्की खेलाडी आसिफ शेख आफूहरूको ब्याटिङ नचल्दा हार ब्यहोर्नु परेको बताएका छन्।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १३९ रन मात्र जोड्न सकेको थियो। आसिफले राम्रो सुरूवात गरे पनि मिडल ओभरमा राम्रो ब्याटिङ नभएको स्वीकार गरे।

उनले भने, ‘सुरूवात राम्रो भएको थियो। हामीले मिडल ओभरमा जति राम्रो ब्याटिङ गर्न पर्थ्यो, त्यो गर्न सकेनौं। कुनै एक ब्याटर टिक्नु पर्थ्यो त्यो हुन सकेन। हामीले ३०-४० रन कम बनायौं।’

खेलमा नियमित कप्तान अनिलकुमार साह चोटका कारण अनुपस्थित थिए। उनको स्थानमा युवा ब्याटर आकाश त्रिपाठीले खेलेका थिए। अनिलले ओपनिङमा खेल्ने गरे पनि आकाशलाई बुधबार तल्लो क्रममा ब्याटिङको मौका दिइएको थियो।

यद्यपि अनिलको विकल्पमा जनकपुरमा खेलाडी भएको आसिफ दाबी गर्छन्। आकाशलाई तल्लो क्रममा जिशी निशससँग खेल्ने योजनामा खेलाएको उनले सुनाए।

बुधबारको खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दा जनकपुर ब्याटिङमा चुकेको उनले बताए। भोलि कर्णालीविरूद्धको खेललाई लिएर पनि आसिफले सोझो उत्तर दिए, ‘जसले राम्रो खेल्छ त्यसले जित्छ।’

आसिफले कर्णालीविरूद्ध खेल जितेर फाइनलमा सुदूरपश्चिमसँग भेट्ने आशा व्यक्त गरे। ‘विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र जित्छौं,’ उनले भने।

जारी एनपिएलमा सुदूरपश्चिमले जनकपुरलाई दुई पटक हराइसकेको छ। यसअघि जनकपुरमाथि सुदूरले लिग चरणमा जित निकालेको थियो। फाइनलमा जनकपुर पुगेमा दुई टोलीबीच तेस्रो भेट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता