१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमसँग हारेपछि जनकपुरका कप्तान आसिफ भन्छन्- विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र हामी जित्छौं

३ पुष २०८१, बुधबार १८:००

काठमाडौँ | बुधबारको खेलमा कप्तानीको भूमिका रहेका जनकपुरका मार्की खेलाडी आसिफ शेख आफूहरूको ब्याटिङ नचल्दा हार ब्यहोर्नु परेको बताएका छन्।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १३९ रन मात्र जोड्न सकेको थियो। आसिफले राम्रो सुरूवात गरे पनि मिडल ओभरमा राम्रो ब्याटिङ नभएको स्वीकार गरे।

उनले भने, ‘सुरूवात राम्रो भएको थियो। हामीले मिडल ओभरमा जति राम्रो ब्याटिङ गर्न पर्थ्यो, त्यो गर्न सकेनौं। कुनै एक ब्याटर टिक्नु पर्थ्यो त्यो हुन सकेन। हामीले ३०-४० रन कम बनायौं।’

खेलमा नियमित कप्तान अनिलकुमार साह चोटका कारण अनुपस्थित थिए। उनको स्थानमा युवा ब्याटर आकाश त्रिपाठीले खेलेका थिए। अनिलले ओपनिङमा खेल्ने गरे पनि आकाशलाई बुधबार तल्लो क्रममा ब्याटिङको मौका दिइएको थियो।

यद्यपि अनिलको विकल्पमा जनकपुरमा खेलाडी भएको आसिफ दाबी गर्छन्। आकाशलाई तल्लो क्रममा जिशी निशससँग खेल्ने योजनामा खेलाएको उनले सुनाए।

बुधबारको खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दा जनकपुर ब्याटिङमा चुकेको उनले बताए। भोलि कर्णालीविरूद्धको खेललाई लिएर पनि आसिफले सोझो उत्तर दिए, ‘जसले राम्रो खेल्छ त्यसले जित्छ।’

आसिफले कर्णालीविरूद्ध खेल जितेर फाइनलमा सुदूरपश्चिमसँग भेट्ने आशा व्यक्त गरे। ‘विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र जित्छौं,’ उनले भने।

जारी एनपिएलमा सुदूरपश्चिमले जनकपुरलाई दुई पटक हराइसकेको छ। यसअघि जनकपुरमाथि सुदूरले लिग चरणमा जित निकालेको थियो। फाइनलमा जनकपुर पुगेमा दुई टोलीबीच तेस्रो भेट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु