१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्तान पूजाले दिलाइन् नेपाललाई पहिलो ‌ओभरमै सफलता, पानी परेर रोकियो खेल

४ पुष २०८१, बिहीबार १२:३१

काठमाडौँ | एसीसी यु१९ महिला एसिया कपको सुपर फोरमा नेपालले पहिलो सफलता हात पारेको छ।

टस जितेर पहिला बलिङ रोजेकी नेपालकी कप्तान पूजा महतोले टिमलाई पहिलो सफलता दिलाएकी हुन्।

पहिलो ओभरको पाँचौं बलमा कप्तान महतोले श्रीलंकाकी ओपनर हिरुनी हन्सिकालाई विकेटकिपर अलिसा कुमारी यादवबाट क्याचआउट गराएकी हुन्।

त्यसपछि क्रिजमा आएकी लिमान्सा थिलकरत्नेले पहिलो ‌ओभरको अन्तिम बल फेस गरिन्।

पहिलो ओभर सकिनेबित्तिकै पानी परेपछि अहिले खेल स्थगित भएको छ।

समूह चरणको खेलमा बंगलादेशसँग पराजित भएको श्रीलंकाले मलेसियालाई पराजित गरेर सुपर फाेरमा स्थान बनाएको हो।

एक खेल अगाडि नै सुपर फोरमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो। वर्षाले खेल प्रभावित भएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन्।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेट रनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर फोरमा पुगेका हुन्।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्।

सुपर फोरको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ। सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फाइनल भिडन्त आइतबार बिहान हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण