२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णालीलाई हराउदै जनकपुर फाइनलमा

२०८१, ४ पुष बिहीबार १६:०१

काठमाडौँ | कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो ।

यससँगै तेस्रो स्थानमा रहँदै कर्णालीले यात्रा टुङ्गयाएको छ । अब शनिबार हुने फाइनलमा जनकपुर र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिड्ने छन् ।

कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का लिए ।

११.५ ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको जनकपुरका लागि विस्फोटक ब्याटिङ गर्दै निशमले जितको आधार तय गरेका थिए ।

यस्तै, हर्ष थाकेरले १७ र आकाश त्रिपाठीले १३ रन बनाए । शेर मल्ल र मायम यादवले क्रमश: १६ र १४ रन जोडे ।

कर्णालीका लागि विपिन शर्माले ३ तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्शन झाले २५ र देव खनालले २४ रनमा आउट गरे । विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, र च्याडविक वाल्टनले ११ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए । हर्ष थाकेर, जेम्स निशम र शेर मल्लले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त