2026-10-09 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका बलर विपिन शर्मा भन्छन्: न्युन लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो

काठमाडौँ | कर्णाली याक्सका लागि उत्कृष्ट बलिङ गरेका विपिन शर्माले जनकपुर बोल्ट्सविरुद्ध न्युन योगफल बनाए पनि रक्षा गर्न सकिने खालको रहेको बताएका छन्।

जनकपुरसँग दोस्रो क्वालिफायरमा पराजित भएपछि विपिनले पिचमा ब्याटिङ गर्न सहज नरहेको उल्लेख गर्दै ११९ रनको लक्ष्य रक्षा गर्ने उद्देश्यका साथ खेलेको बताएका हुन्।

आफ्नो टिमलाई जस्तै जनकपुरलाई पनि ब्याटरलाई ब्याटिङ गर्न सहज नहुने भएकाले त्यहीअनुरूप खेलेको उनको भनाइ छ। यद्यपि, उनले त्यो पिच १३० रनसम्मको लक्ष्य राम्रो हुन सक्ने पनि उल्लेख गरे। केही दिन अगाडि निसामसँगको भेटमा उनलाई आउट गर्ने अठोट व्यक्त गरेको उनको भनाइ छ। उनलाई आउट गर्न सफल हुँदा धेरै खुसी रहेको उनी बताउँछन्।

विपिनले अहिले नै आफूलाई धेरै चर्चामा नल्याउन पनि आग्रह गरेका छन्। धेरै खेलाडीहरू छिटै चर्चामा आएर हराउने गरेकाले आफू त्यो बन्न नचाहने उनको भनाइ छ। प्रक्रियागत रूपमा १÷१ पाइला अगाडि बढ्ने विपिनको योजना छ। उनले एनपिएल जस्तो ठूलो स्टेजमा खेल्ने अवसर पाउनु नै आफ्नो लागि महत्वपूर्ण रहेको बताए। आफू कर्णाली क्रिकेट एकेडेमीमा सिक्ने गरेको र त्यहाँका प्रशिक्षकसँगै कर्णाली प्रदेशका कप्तान रविन्द्रजंग शाहीले यहाँसम्म आइपुग्न मद्दत गरेको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल