2026-08-21 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र बंगलादेशबीचको खेलमा वर्षा, टसमा ढिलाइ

काठमाडौँ | मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कपअन्तर्गत नेपाल बंगलादेशबीचको खेलमा पनि वर्षा बाधक बनेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा ११ः१५ मा हुनुपर्ने टस भइसक्नुपर्ने हो । तर, पानी परेका कारण अहिलेसम्म टस हुन सकेको छैन ।

फाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण छ । यदि वर्षाका कारण बंगलादेशसँग अंक बाँडेमा नेपाल फाइनल पुग्ने छैन ।

फाइनल पुग्न बंगलादेशविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा छ । बंगलादेश भने वर्षाका कारण खेल रद्द भएमा नेट रन रेटमा नेपालभन्दा माथि रहँदै फाइनल पुग्नेछ ।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो ।

भारतसँग भने नेपालले वर्षाका कारण अंक बाँड्यो । समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत वर्षाका कारण अंक बाँडेको थियो ।

फाइनल खेल आइतबार हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध