२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला यू- १९ एसिया कपः नेपाललाई हराउँदै बङ्गलादेश फाइनलमा, फाइनलमा भारतसँग खेल्ने

५ पुष २०८१, शुक्रबार १५:४२

काठमाडौँ | नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे एशिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे ‘सुपर–फाेर’ काे खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायाे ।

नेपालले दिएकाे ५५ रनकाे मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायाे । बङ्गलादेशकी फहाेमिदा चाेयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गाेदारले १ विकेट लिइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायाे । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए । नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहाेमिदा चाेया र हबिबा इस्लामले १/१ विकेट लिए । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएकाे थियाे ।

बङ्गलादेश ‘सुपर–फाेर’ मा दाेस्राे स्थानमा रहेर फाइलनमा पुगेकाे हाे । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ । आज बिहान भएकाे ‘सुपर–फाेर’ काे खेलमा श्रीलङ्कालाई हराउँदै भारत शीर्ष स्थानमा रहेर फाइनलमा पुगेकाे हाे । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४