२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङविरुद्ध यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालको ‘क्लिन स्विप’, आज १३० रनले जित्यो

५ पुष २०८१, शुक्रबार १६:४५

काठमाडौँ | हङकङविरुद्धको यू–१९ एकदिवसीय क्रिकेट सिरिज नेपालले क्लिन स्विप गरेको छ । शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा हङकङलाई १३० रनले हराउँदै सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

तेस्रो खेलमा नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनायो । उसका लागि प्रित मांगुकियालेले अविजित ५५ रन बनाए ।

बाँकी ब्याटरले ठूलो पारी खेल्न सकेनन् । नेपालका लागि अभिषेक तिवारी र आफुदिन रैनले दुई/दुई तथा सन्तोष यादव, दीपक सेरेला र राजेश बोहराले एक/एक विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको नेपाल यू–१९ टिम ४९.१ ओभरमा २ सय ६५ रनमा अलआउट भयो ।

नेपालका लागि सुर्यांशु कोइराला, कप्तान अभिषेक तिवारी र सन्तोष यादवले अर्धशतकीय पारी खेले । सुर्यांशुले ९६ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ६० रन बनाए ।

यस्तै, अभिषेकले ४१ बलमा चार चौका र दुई छक्कासहित ५६ रनको इनिङ खेले । त्यस्तै, सन्तोषले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे । उनी रनआउट भए ।

यस्तै, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए । हङकङ यू–१९ पार्थ श्रीवास्तव, शायन पुरी, डेनियल म्याप्पा र प्रित मांगुकियाले सर्वाधिक दुई÷दुई विकेट लिए ।

नेपालले पहिलो खेल तीन विकेट र दोस्रो खेल २२६ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…