२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि

२०८१, ६ पुष शनिबार १५:५७

काठमाडौँ | पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ |

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभर ५ विकेट गुमाएर पूरा गरेको हो ।

लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो।

जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ४९ बलमा ९ चौका र ४ छक्काको मद्दतले ८७ रन बनाएका हुन् | भने जनकपुरका कप्तान आशिफ शेखले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए |

त्यस्तै, हर्ष ठाकेर ३० रन, मोहम्मद मोहसिन ९ रन , जेम्स निसम ४ रन, आकाश भिपाठी र मयन यादवले समान २ रन बनाए |

सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । उनीहरुले ११७ रन बनाएका थिए ।

सुदूरपश्चिमका ओपनर सेफ अलि जेबले अर्धसतक पारी खेलेका थिए | उनले ४१ बलमा ६९ रन बनाएका थिए | भने अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन को योगदान दिएका थिए ।

त्यस्तै, हरमित सिंह र ब्रान्डन म्यामुलनले समान १४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रन, स्कट कुगेलाइन १३ रनमा आउट भएका थिए|
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिएका थिए ।भने ललित राजवंशी र जेम्स निसमले समान १-१ विकेट लिएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना