२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने

८ पुष २०८१, सोमबार १७:४३

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका छन् । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए ।

९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको व्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ पर्छ । दिपेन्द्रले पाएको कारको कर कट्टी आयकर ऐनको दफा ८८ ‘क’ उल्लेख भए बमोजिम हुने छ ।

ऐनको दफा ८८’क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ । यसअनुसार उनले विगतमा पाँच लाख सम्मको पुरस्कार नपाएको अवस्थामा १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको भए कारको १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दिपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।

दिपेन्द्रले यातायात कार्यालयमा गाडी नामसारी गर्नुअघि नेपाल सरकारले कर छुट दिएन भने उनले कर तिर्नुपर्ने छ । यातायात कार्यालयमा गाडी आफ्नो नाममा नामसारी गर्दा खरिद गरेको प्रमाण वा पुरस्कारको हकमा कर तिरेको प्रमाण पेस गर्नुपर्छ ।

त्यस्तै, ललित राजवंशी १७ विकेट लिँदै एनपीएलका उत्कृष्ट बलर घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । १० लाख मूल्यको विद्युतीय मोटरसाइकल पाएका उनले पनि कर तिर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…