२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुशल मल्लले इन्टरनेशनल लिग टी-२० मा खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित

२०८१, ९ पुष मंगलवार १४:३६

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्ललाई इन्टरनेशनल लिग टी-२० को तेस्रो सिजनका लागि डेजर्ट भाइपर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको छ। मल्ल नेदरल्याण्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा टिममा सामेल भएका हुन्। डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि डेजर्ट भाइपर्सले मल्ललाई टिममा भित्र्याएको हो।

डेजर्ट भाइपर्सका क्रिकेट निर्देशक टम मुडीले कुशल मल्ललाई टिममा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्। मुडीले भने, “कुशल युवा भए पनि उनले सानै उमेरमा धेरै अनुभव हासिल गरेका छन्। उनी भाइपर्सको सेटअपमा महत्वपूर्ण खेलाडी बन्नेछन्। उनले ब्याटिङ र बलिङ दुवै पक्षबाट टिममा योगदान पुर्‍याउनेछन्।”

मुडीले मल्लको १४७ को स्ट्राइक रेटले उनको क्षमताको स्पष्ट संकेत दिने र डेजर्ट भाइपर्समा आबद्ध भएपछि उनको अनुभवमा थप वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

कुशल मल्लले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोज टिमको कप्तानी गरेका थिए। उनले उक्त प्रतियोगितामा ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए। मल्ल टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन्। उनले ४७ टी-२० अन्तर्राष्ट्रिय खेलमा ९१७ रन बनाएका छन् र १९ विकेट लिएका छन्।

डेजर्ट भाइपर्सको स्क्वाडमा फकार जमान, एलेक्स हेल्स, साम करान, वानिन्दु हसरङ्गाजस्ता विश्वस्तरीय खेलाडीहरू छन्। प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरु हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना