२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुशल मल्लले इन्टरनेशनल लिग टी-२० मा खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित

९ पुष २०८१, मंगलवार १४:३६

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्ललाई इन्टरनेशनल लिग टी-२० को तेस्रो सिजनका लागि डेजर्ट भाइपर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको छ। मल्ल नेदरल्याण्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा टिममा सामेल भएका हुन्। डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि डेजर्ट भाइपर्सले मल्ललाई टिममा भित्र्याएको हो।

डेजर्ट भाइपर्सका क्रिकेट निर्देशक टम मुडीले कुशल मल्ललाई टिममा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्। मुडीले भने, “कुशल युवा भए पनि उनले सानै उमेरमा धेरै अनुभव हासिल गरेका छन्। उनी भाइपर्सको सेटअपमा महत्वपूर्ण खेलाडी बन्नेछन्। उनले ब्याटिङ र बलिङ दुवै पक्षबाट टिममा योगदान पुर्‍याउनेछन्।”

मुडीले मल्लको १४७ को स्ट्राइक रेटले उनको क्षमताको स्पष्ट संकेत दिने र डेजर्ट भाइपर्समा आबद्ध भएपछि उनको अनुभवमा थप वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

कुशल मल्लले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोज टिमको कप्तानी गरेका थिए। उनले उक्त प्रतियोगितामा ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए। मल्ल टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन्। उनले ४७ टी-२० अन्तर्राष्ट्रिय खेलमा ९१७ रन बनाएका छन् र १९ विकेट लिएका छन्।

डेजर्ट भाइपर्सको स्क्वाडमा फकार जमान, एलेक्स हेल्स, साम करान, वानिन्दु हसरङ्गाजस्ता विश्वस्तरीय खेलाडीहरू छन्। प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरु हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…