२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी

१० पुष २०८१, बुधबार १२:०८

काठमाडौँ | नेपाली अलराउन्डर दीपेन्द्र सिंहले यस वर्ष पनि गल्फ जायन्ट्सबाट इन्टरनेसनल लिग टी–ट्वान्टी खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउन्डर ऐरीले अडानी समूहको स्वामित्वमा रहेको टोलीमा खेल्न यूएई जाने भएका हुन् ।

क्लब अडानी ग्रुपको अडानी स्पोर्टसलाइनको स्वामित्वमा रहेको छ ।

ऐरी गत वर्ष गल्फ जायन्ट्समा थिए । तर, खेल्न भने पाएका थिएनन् । गल्फ जायन्ट्सले यस वर्षको लागि खेलाडी छनोटमा ऐरीप्रतिको विश्वास पुनः कायम राख्दै रिटेन गरेको हो ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा दीपेन्द्र सिंह ऐरीको प्रदर्शन अविस्मरणीय रह्यो । एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बनेका थिए । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाए । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित