२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख

२०८१, ११ पुष बिहीबार १६:५८

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेखले एकैदिन विवाह बन्धनमा बाँधिन लागेका छन्।

वीरगन्ज महानगरपालिका १२ मुली नयाँ टोलका निवासी यी क्रिकेट खेलाडीहरू आगामी पौष २० गते आफ्ना समुदायका युवतीहरूसँग मागी विवाह गर्दैछन्।

पारिवारीक स्रोतका अनुसार दुबैजना दाजुभाई आफ्नो समुदायका युवतीसंग मागी विवाह गर्न थालेका छन । गएको पौष ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगीता सकिएपछि उनीहरु घरमा बिहेको तयारीमा जुटेका छन ।

दाजुभाइको विवाहका लागि परिवारमा चहलपहल बढेको छ। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) पछि उनीहरू विवाह तयारीमा जुटेका छन्। आरिफ सुदूरपश्चिम रोयल्सको तर्फबाट उपविजेताको रूपमा खेल्दै उत्कृष्ट प्रदर्शन गरे भने आसिफ जनकपुर बोल्ट्सका कप्तानीका रूपमा उपाधि जित्न सफल भए। दुवै दाजुभाइ आफ्ना आफन्त, साथीभाइ, र चिनजानका व्यक्तिहरूलाई निमन्त्रणा बाँड्न व्यस्त छन्।

यस्तै फुर्सदको समयमा घर नजिक नै रहेको नारायणी खेल मैदानमा पनि देखिन थालेका छन । २६ बर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउण्डर खेलाडी हुन । उनी सन २०१४ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरको खेल खेल्न थालेका छन । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन ।

२३ बर्षीय आफिस शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेट किपरको रुपमा खेल्ने खेलाडी हुन । आसिफ उनी सन २०२१ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरमा खेल्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम