२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख

११ पुष २०८१, बिहीबार १६:५८

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेखले एकैदिन विवाह बन्धनमा बाँधिन लागेका छन्।

वीरगन्ज महानगरपालिका १२ मुली नयाँ टोलका निवासी यी क्रिकेट खेलाडीहरू आगामी पौष २० गते आफ्ना समुदायका युवतीहरूसँग मागी विवाह गर्दैछन्।

पारिवारीक स्रोतका अनुसार दुबैजना दाजुभाई आफ्नो समुदायका युवतीसंग मागी विवाह गर्न थालेका छन । गएको पौष ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगीता सकिएपछि उनीहरु घरमा बिहेको तयारीमा जुटेका छन ।

दाजुभाइको विवाहका लागि परिवारमा चहलपहल बढेको छ। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) पछि उनीहरू विवाह तयारीमा जुटेका छन्। आरिफ सुदूरपश्चिम रोयल्सको तर्फबाट उपविजेताको रूपमा खेल्दै उत्कृष्ट प्रदर्शन गरे भने आसिफ जनकपुर बोल्ट्सका कप्तानीका रूपमा उपाधि जित्न सफल भए। दुवै दाजुभाइ आफ्ना आफन्त, साथीभाइ, र चिनजानका व्यक्तिहरूलाई निमन्त्रणा बाँड्न व्यस्त छन्।

यस्तै फुर्सदको समयमा घर नजिक नै रहेको नारायणी खेल मैदानमा पनि देखिन थालेका छन । २६ बर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउण्डर खेलाडी हुन । उनी सन २०१४ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरको खेल खेल्न थालेका छन । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन ।

२३ बर्षीय आफिस शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेट किपरको रुपमा खेल्ने खेलाडी हुन । आसिफ उनी सन २०२१ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरमा खेल्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…