२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई

२०८१, १२ पुष शुक्रबार ११:५४

काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का एक अधिकारीले भारतीय प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी भएको पुष्टि गरेका हुन् ।

देसाईसँगको सम्झौता सकिएको र राष्ट्रिय टोलीले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको परिस्थितिमा उनको सम्झौता नवीकरण नहुने भएको हो ।

देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो । तर पछिल्लो अवधिमा राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

क्यानका ती अधिकारीले भने, ‘देसाईलाई पहिले नै हटाउने कुरा थियो तर, क्यानले उनलाई केही समय दिएको हो । क्यानको अबको कार्यसमिति बैठकबाट सम्झौता रद्द हुनेछ ।’

देसाई २ वर्षदेखि नेपाली टिमको मुख्य प्रशिक्षक छन् । त्यसअघि उनले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए ।

राष्ट्रिय टिममा देसाईको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।

तर पछिल्लो समय नेपाली टिमले खराब प्रदर्शन गरिरहेको छ । लिग २ अन्तर्गत मोन्टीको प्रशिक्षकत्वमा नेपालले पछिल्लो १२ खेलमध्य मात्रै २ खेलमा जित निकालेको छ । यसैगरी थप २ खेल नतिजाविहीन भएको थियो । ८ टोली सहभागी लिगमा नेपाल १२ खेलबाट ६ अंक जोडेर तालिकाको पुछारबाट तालिकाको दोस्रो स्थानमा छ ।
देसाईसँगको सम्झौता डिसेम्बरमै सकिँदै छ । उनलाई सम्झौता नवीकरण नहुने विषयमा अनौपचारिक जानकारी गराइ सकिएको स्रोतले बतायो । देसाईको बहिर्गमनसँगै क्यानले नयाँ प्रशिक्षकको खोजी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना