2026-10-30 03:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई

काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का एक अधिकारीले भारतीय प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी भएको पुष्टि गरेका हुन् ।

देसाईसँगको सम्झौता सकिएको र राष्ट्रिय टोलीले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको परिस्थितिमा उनको सम्झौता नवीकरण नहुने भएको हो ।

देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो । तर पछिल्लो अवधिमा राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

क्यानका ती अधिकारीले भने, ‘देसाईलाई पहिले नै हटाउने कुरा थियो तर, क्यानले उनलाई केही समय दिएको हो । क्यानको अबको कार्यसमिति बैठकबाट सम्झौता रद्द हुनेछ ।’

देसाई २ वर्षदेखि नेपाली टिमको मुख्य प्रशिक्षक छन् । त्यसअघि उनले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए ।

राष्ट्रिय टिममा देसाईको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।

तर पछिल्लो समय नेपाली टिमले खराब प्रदर्शन गरिरहेको छ । लिग २ अन्तर्गत मोन्टीको प्रशिक्षकत्वमा नेपालले पछिल्लो १२ खेलमध्य मात्रै २ खेलमा जित निकालेको छ । यसैगरी थप २ खेल नतिजाविहीन भएको थियो । ८ टोली सहभागी लिगमा नेपाल १२ खेलबाट ६ अंक जोडेर तालिकाको पुछारबाट तालिकाको दोस्रो स्थानमा छ ।
देसाईसँगको सम्झौता डिसेम्बरमै सकिँदै छ । उनलाई सम्झौता नवीकरण नहुने विषयमा अनौपचारिक जानकारी गराइ सकिएको स्रोतले बतायो । देसाईको बहिर्गमनसँगै क्यानले नयाँ प्रशिक्षकको खोजी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ