२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति?

१२ पुष २०८१, शुक्रबार १२:२८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सले विजेता वापत पाएको १ करोड १० लाखमध्ये सरकारलाई २७ लाख ५० हजार रुपैयाँ कर दिनुपर्ने भएको छ ।

आयकर ऐनको दफा ८८ ‘क’ अनुसार जनकपुरसँगै उपविजेता सुदूरपश्चिम रोयल्स,तेस्रो स्थानमा रहेको कर्णाली याक्स र चौथो चितवन राइनोजले पनि कर तिर्नुपर्नेछ । ऐनअनुसार आकस्मिक लाभवापत् पुरस्कारको २५ प्रतिशत तिर्नुपर्छ ।

आयकर ऐनको दफा ८८ को उपदफा १ मा पुरस्कारमा आकस्मिक लाभवापतको भुक्तानीमा २५ प्रतिशत करकट्टी गर्नुपर्ने उल्लेख छ । जसअनुसार एनपीएल आयोजकले प्रतियोगिता विजेता, उपविजेता, तृतीय र चौथो हुनेलाई कर कटाएर पुरस्कार रकम दिनेछ । यसैगरी दफा ९२ को उपदफा १(झ) मा आकस्मिक लाभ वापतको भुक्तानीलाई अन्तिम रूपमा करकट्टी हुने भुक्तानी मानिनेछ।

यता उपविजेता टोली सुदूरपश्चिमले पुरस्कार पाएको ५१ लाख रुपैयाँमा १२ लाख ७५ हजार रुपैयाँ कर दिनु पर्नेहुन्छ । तेस्रो भएको कर्णाली याक्सले पुरस्कार पाएको २५ लाखमा ६ लाख २५ हजार आयकर तिर्नु पर्नेछ । चौथो भएको चितवन राइनोजले पुरस्कार पाएको १५ लाख रूपैयाँमा ३ लाख ७५ हजार कर तिर्नु पर्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएर कार उपहार पाएका दिपेन्द्र सिंह ऐरीले पनि ६२ लाखको कारमा १५ लाख ५० हजार कर तिर्नु पर्ने भएको थियो । दिपेन्द्रले उत्कृष्ट खेलाडी बन्दै ओमोडाको ई–५ कार पुरस्कार पाएका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बनेका थिए । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका थिए । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमोडाले ई–५ कार प्रदान गरेको थियो । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ । दिपेन्द्रले पाएको कारको २५ प्रतिशत कर शारडा ग्रुपले नै तिरिदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…