2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति?

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सले विजेता वापत पाएको १ करोड १० लाखमध्ये सरकारलाई २७ लाख ५० हजार रुपैयाँ कर दिनुपर्ने भएको छ ।

आयकर ऐनको दफा ८८ ‘क’ अनुसार जनकपुरसँगै उपविजेता सुदूरपश्चिम रोयल्स,तेस्रो स्थानमा रहेको कर्णाली याक्स र चौथो चितवन राइनोजले पनि कर तिर्नुपर्नेछ । ऐनअनुसार आकस्मिक लाभवापत् पुरस्कारको २५ प्रतिशत तिर्नुपर्छ ।

आयकर ऐनको दफा ८८ को उपदफा १ मा पुरस्कारमा आकस्मिक लाभवापतको भुक्तानीमा २५ प्रतिशत करकट्टी गर्नुपर्ने उल्लेख छ । जसअनुसार एनपीएल आयोजकले प्रतियोगिता विजेता, उपविजेता, तृतीय र चौथो हुनेलाई कर कटाएर पुरस्कार रकम दिनेछ । यसैगरी दफा ९२ को उपदफा १(झ) मा आकस्मिक लाभ वापतको भुक्तानीलाई अन्तिम रूपमा करकट्टी हुने भुक्तानी मानिनेछ।

यता उपविजेता टोली सुदूरपश्चिमले पुरस्कार पाएको ५१ लाख रुपैयाँमा १२ लाख ७५ हजार रुपैयाँ कर दिनु पर्नेहुन्छ । तेस्रो भएको कर्णाली याक्सले पुरस्कार पाएको २५ लाखमा ६ लाख २५ हजार आयकर तिर्नु पर्नेछ । चौथो भएको चितवन राइनोजले पुरस्कार पाएको १५ लाख रूपैयाँमा ३ लाख ७५ हजार कर तिर्नु पर्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएर कार उपहार पाएका दिपेन्द्र सिंह ऐरीले पनि ६२ लाखको कारमा १५ लाख ५० हजार कर तिर्नु पर्ने भएको थियो । दिपेन्द्रले उत्कृष्ट खेलाडी बन्दै ओमोडाको ई–५ कार पुरस्कार पाएका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बनेका थिए । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका थिए । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमोडाले ई–५ कार प्रदान गरेको थियो । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ । दिपेन्द्रले पाएको कारको २५ प्रतिशत कर शारडा ग्रुपले नै तिरिदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल