2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया विजयी, भारत विश्व टेस्ट च्याम्पियनसिपबाट लगभग आउट

काठमाडौँ | भारतविरुद्धको चौथो टेस्ट क्रिकेटमा अष्ट्रेलिया १८४ रनले विजयी भएको छ । मेलबर्नमा भएको खेलमा जित निकाल्दै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुग्दा भारतको सम्भावना भने लगभग समाप्त भएको छ ।

पाँचौं दिनसम्म चलेको यो टेस्ट खेलमा अष्ट्रेलियाले अन्तिम सत्रमा उत्कृष्ट बलिङ गर्दै जित निकालेको हो । भारत बराबरी गर्नका लागि खेले पनि अन्तिम सत्रमा लगातार विकेट गुमाए पछि अष्ट्रेलिया विजयी भयो ।

हारसँगै भारतलाई विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा पनि ठूलो धक्का लागेको छ । अब भारतको फाइनल पुग्ने आशा क्रमशः घट्दै गएको छ ।

यो हारले भारतीय टोलीको अंक प्रतिशतमा ठूलो परिवर्तन ल्याएको छ । तेस्रो टेष्टपछि भारतीय टोलीको अङ्क प्रतिशत ५५.८९ थियो भने अब यो हारपछि उसको अंक प्रतिशत ५२.७७ भएको छ र तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले फाइनलमा आफ्नो स्थान पक्का गरिसकेपछि दोस्रो स्थानका लागि अष्ट्रेलिया र भारत प्रतिस्पर्धामा थिए ।

टेष्ट च्याम्पियनसिपको यो संस्करणमा अष्ट्रेलिया १० औं जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ । यो खेलअघि उसको अंक प्रतिशत ५८.८९ थियो, अहिले यो जितपछि ६१.४५ पुगेको छ ।

अब अस्ट्रेलियाले सिड्नीमा हुने अन्तिम टेस्ट जित्यो वा ड्र गर्यो भने भारत फाइनल पुग्ने दौडबाट बाहिर हुनेछ । फाइनलमा जानका लागि भारतले सिड्नी टेस्ट जित्नुपर्छ ।

त्यसपछि यसपछि भारतले श्रीलंकाबाट पनि ठूलो अपेक्षा राख्नुपर्नेछ । सिड्नी टेस्ट जितेर भारतले घरेलु मैदानमा हुने दुई खेलको टेस्ट सिरिजमा श्रीलंकाले अष्ट्रेलियालाई क्लिन स्वीप गर्ने आशा राख्नुपर्नेछ । यदि यसो भयो भने भारतको अंक प्रतिशत ५५.२६ हुनेछ र श्रीलंकाको ५३.८५ रहनेछ। अष्ट्रेलियाले मात्र ५१.७५ पुग्न सक्नेछ ।

चौथो टेस्टमा अष्ट्रेलियाले भारतलाई ९२ ओभरमा ३४० रनको लक्ष्य थियो । तर भारतीय टोलीले सुरुदेखि नै सतर्क ब्याटिङ गर्दै खेललाई ड्र तर्फ लैजाने प्रयास गर्‍यो ।

तर अन्तिम सत्रमा अस्ट्रेलियाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै भारतका अन्तिम सात विकेट ३४ रनमा नै झारेपछि पाहुना टोली १५५ रनमै समेटियो ।

भारतीय ओपनर यशस्वी जैसवालले कठिन ड्र गराउने प्रयास गरे पनि अन्ततः ८४ रनको संघर्षपूर्ण इनिङ्स खेल्दै २१ ओभर बाँकी छँदा प्याट कमिन्सको बलमा क्याचआउट भए ।

दिउँसोको सत्रमा विकेटकिपर ऋषभ पन्तसँग जैसवालले साझेदारी गर्दै अस्ट्रेलियाली बलरहरूलाई विकेटविहीन अवस्थामा राखेका थिए । पन्तले ३० रनको संयमित इनिङ्स खेलेका थिए ।

तर पन्तको आउटसँगै भारतको पारी धराशायी बन्यो । उनले ट्राभिस हेडको बलमा अनावश्यक शट खेल्दै लङ–अनमा क्याच दिएका थिए ।

कमिन्स र स्कट बोलान्डले तीन–तीन विकेट लिए भने स्पिनर नाथन लायनले दुई विकेट लिए । यसअघि, बिहान जसप्रीत बुमराहले नाथन लायनलाई ४१ रनमा बोल्ड गर्दै अस्ट्रेलियाको दोस्रो पारी २३४ रनमा समाप्त गरेका थिए ।

सिरीजको अन्तिम खेल २ जनवरीदेखि सिड्नीमा हुनेछ । सो खेलमा जित निकाल्न सके अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल