Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
२०८१ पुष १५, सोमवार काठमाडौँ - KTM, खेलकुद, मुख्य समाचार

खेलबाट पनि केही गर्न सक्छौँ भन्ने भरोसा बढेको छ : दीपेन्द्रसिंह ऐरी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेलाडीलाई प्रोत्साहन गर्ने पुरस्कारका कारण खेलप्रति युवाहरू आकर्षित हुने बताएका छन्।

सोमवार एक कार्यक्रममा क्रिकेटर दीपेन्द्रले खेलबाट पनि केही गर्न सक्छौँ भन्ने खेलाडीमा आशा र भरोसा बढेको बताए।

कार्यक्रममा एसपिजी अटोमोबाइल्स प्रालिले दीपेन्द्रलाई ब्राण्ड सद्भभावना दूत घोषणा गरेको थियो। सोही अवसर केही अघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअर अफ दी टुर्नामेन्ट भएबापत प्राप्त ओमोडा इ फाइभ गाडी पनि हस्तान्तरण गरिएको थियो।

एनपिएलको सुदूरपश्चिम रोयल्सका कप्तानसमेत रहेका दीपेन्द्रले यस किसिमको पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढेको बताए।

उनले लिगले पनि खेलाडीलाई खेलमा केही गर्न सक्छु भन्ने भरोसा मिलेको बताए। उनले यसअघि लिगमा बाइक दिने प्रचलन भए पनि गाडी पाउनु खेलाडीका लागि सुखद् पक्ष रहेको सुनाए।