2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने

काठमाडौँ | भारत र श्रीलंकामा २०२६ मा आयोजना हुने टि ट्वान्टी विश्व कपमा छनोट हुनका लागि नेपालले अर्को वर्ष अक्टोबरमा हुने एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरण पार गर्नुपर्ने भएको छ ।

एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा रहने टोली भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपमा पुग्ने भएका हुन् । ओमानमा हुने छनोटमा एसिया र इस्ट एसिया प्यासेफिकका गरी जम्मा ९ देशको सहभागिता रहनेछ । स्वभाविक रुपमा नेपालसहित सबै टोलीको लक्ष्य शीर्ष ३ भित्र पर्नु रहनेछ।

इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पिएनजी विश्व कपमा छनोट भएको थियो । तर, यस पटक आइसिसीले एसिया र इस्ट एसिया प्यासेफिक क्षेत्रको संयुक्त छनोट गराउने र ३ देश विश्व कपका लागि अघि जाने निर्णय लिएको थियो ।

आइसिसीले अहिलेसम्म छनोट खेल समूह विभाजनबाट वा राउण्ड रोविन लिगका आधारमा गर्ने तय गरिसकेको छैन । फर्म्याट जस्तो भएपनि विश्व कप पुग्नका लागि ९ टोलीमध्ये शीर्ष ३ भित्र पर्न आवश्यक छ।

अघिल्लो संस्करणबाट सुरु भएको महादेशको क्षेत्रीय छनोटमा नेपाल र ओमानले एसिया छनोट पार गर्दै विश्व कप खेलेका थिए ।

एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट खेल्ने ९ देश यसरी छानिएका थिए:

यो क्षेत्रबाट २०२४ को टि ट्वान्टी विश्व कप खेलेका ३ देश सिधै छनोट – नेपाल, ओमान र पपुवा न्यु गिनी(पिएनजी)
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘ए’ बाट आएको १ देश – समोआ
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘बी’ बाट आएको १ देश – जापान
एसिया उपक्षत्रिय छनोट ‘ए’ बाट आएको २ देश – कुवेत र मलेसिया
एसिया उपक्षत्रिय छनोट ‘बी’ बाट आएको २ देश – युएई र कतार

नेपालले पहिलो पटक बंगलादेशमा सन् २०१४ भएको टि ट्वान्टी विश्व कपमा सहभागिता जनाएको थियो । त्यसपछि टि ट्वान्टी विश्व कप खेल्न नेपालले १० वर्ष कुर्नुपर्यो । अमेरिका र वेस्ट इण्डिजमा यसै वर्ष भएको टि ट्वान्टी विश्वकप नेपाल खेलेको थियो । यद्दपी नेपाल समूह‌ चरणबाट अघि बढ्न सकेन। एक दिवसिय विश्व कपका लागि अहिलेसम्म छनोट हुन नसकेको नेपालको टि ट्वान्टी छनोटमा भने बलियो सम्भावना रहेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल