२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो

१७ पुष २०८१, बुधबार १५:३७

काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा नाजुक देखिएको छ । आईसीसीले ३१ डिसेम्बरमा सार्वजनिक गरेको वरीयतामा सबै नेपाली खेलाडीको वरीयता खस्किएको छ । आईसीसीले टी२०आई वरीयता र टेस्ट वरीयता मात्र अपडेट गरेको छ । नेपालले टेस्ट नखेल्ने भएकाले नेपाली खेलाडी टेस्ट वरीयतामा छैनन् भने ओडीआई वरीयता आईसीसीले अपडेट गरेको छैन ।

टी२०आई वरीयतामा नेपाली खेलाडी सबैभन्दा उच्च स्थानमा दीपेन्द्रसिंह ऐरी छन् । उनी गत असोजयता लगातार अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा यथावत छन् । आईसीसीको पछिल्लो अपेडटमा पनि उनी दोस्रो स्थानमा यथावत छन् । यो क्याटागोरीमा भारतका हार्दिक पंड्या शीर्ष स्थानमा छन् ।

दोस्रो स्थानमा ऐरी र तेस्रो स्थानका इंग्यल्यान्डका लियम लिभिङ्ग्सटनको रेटिङ प्वाइन्ट एक मात्र फरक छ । यो क्याटागोरीमा नेपालका ६ जना खेलाडी टप सयभित्र छन् । तर, सबैको वरीयता खस्किएको छ । गुल्सन झा एक स्थान खस्किएर ३५ औँ स्थानमा पुगेका छन् । कुशल मल्ल एक स्थान खस्केर ४७ औँ, कुशल भुर्तेल ५४ औँमा यथावत, रोहित पौडेल एक स्थान खस्केर ५७ औँ र करण केसी ७५ औँमा यथावत छन् ।

यस्तै ब्याटिङतर्फ पनि नेपाली खेलाडीको वरीयता खस्किएको छ । दीपेन्द्रसिंह ऐरी १ स्थान खस्केर ५१ औँ, रोहित पौडेल ६० मा यथावत, आसिफ शेखर ६९ मा यथावत, कुशल भुर्तेल दुई स्थान सुधारपछि १०० मा आएका छन् । ब्याटिङतर्फ टप सयभित्र ४ जना मात्र ब्याटर छन् ।

यस्तै बलिङतर्फ नेपाली खेलाडीको अवस्था झन दयनीय छ । टप सयभित्र नेपालका मात्र दुई जना खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी २ स्थान खस्केर ६२ औँ र सोमपाल कामी एक स्थान खस्केर ८९ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…