२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन?

१९ पुष २०८१, शुक्रबार १८:०७

काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आइतबारदेखि सुरु हुन लागेको जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगितामा ४ टिम सहभागी छन् ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश) सहभागी हुनेछन् ।

लामो समयपछि भएको लङफर्म प्रतियोगिता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित धेरै खेलाडी गुमाउनेछन् । यस्तै बागमती, मधेश, त्रिभुवन आर्मी र पुलिस क्लबबाहेक अन्य टोलीबाट प्रधानमन्त्री कप खेलेका खेलाडीले पनि एलिट कप गुमाउने छन् ।

रोहितसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी, अनिलकुमार शाह, आसिफ शेखसहितका खेलाडीले एलिट कप गुमाउने छन् । रोहित, आसिफले गत फेब्रुअरीमा भएको प्रधानमन्त्री सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेलेका थिए । एपीएफ शीर्ष चारमा पर्न नसक्दा रोहित, आसिफ, सन्दीप जोरा, अभिनास बोहरा, लोकश बमसहितका खेलाडीले एलिट कप गुमाउनेछन् । शीर्ष चारमा परेका टोलीले एलिट कप खेल्नेछन् ।

प्रधानमन्त्री कपको उपाधि जितेका दीपेन्द्रले अन्तर्राष्ट्रिय लिग टी–२० (आईएलटी) खेल्ने युएई जानुपर्ने भएकाले उनले एलिट कप गुमाउनेछन् । उनी आईटीएल गल्फ जायन्ट्सबाट खेल्दै छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) लाई उपाधि जिताएका मधेशका कप्तान अनिलकुमार शाहले पनि एनपीएल गुमाउनेछन् । एनपीएलका क्रममा घाइते भएसँगै उनले प्लेअफका खेल गुमाएका थिए । तत्कालै रिकभर हुने नदेखेपछि मधेशले अनिललाई बाहिर राख्दै एलिट कप खेल्ने टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…