काठमाडौँ | नेपाल क्रीकेट संघ क्यानको आयोजनामा सुरु भएको जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रीकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ ।
पर्सामा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४ ओभर ४ बलमा १२१ रनमा समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशीले ७ विकेट लिए ।
१४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिए । कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एकएक विकेट लिए ।
आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।