२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ

२२ पुष २०८१, सोमबार १४:४८

काठमाडौँ | जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

पहिलो इनिङमा सस्तैमा अलआउट भएको आर्मीले दोस्रो पारीमा केही सुधारिएको प्रदर्शन गर्‍यो । यस इनिङमा आर्मीका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । उनले १३८ बलमा १० चौका र एक छक्कासहित अविजित ८२ रनको पारी खेले ।

यस्तै, तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन जोडे । पुलिसका लागि कुशल भुर्तेलले चार, गुलशनकुमार झाले तीन, ललित राजवंशीले दुई तथा राशिद खानले एक विकेट लिए ।

वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा पहिलो इनिङमा आर्मी क्लब ३४.४ ओभरमा १ सय २१ रनमै अलआउट भएको थियो ।

उसका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२ र पवन कार्कीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आर्मीको इनिङ ध्वस्त पार्नेक्रममा पुलिस क्लबका बायाँहाते स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले १४।४ ओभरमा ४ मेडनसहित ४७ रन दिएर सर्वाधिक सात विकेट लिए ।

यस्तै, पुलिस पहिलो इनिङमा १ सय २५ रनमै अलआउट भयो । ऊ पहिलो इनिङमा ३३.१ ओभरमा १ सय २५ अलआउट भएको हो । योसँगै पुलिसले ४ रनको अग्रता लिएको थियो ।

उसका लागि गुलशन झाले ५४ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३, दिलिप नाथ र प्रेम तामाङले १०/१० रन जोडे ।

आर्मीका लागि बलिङमा स्पिनर साहब आलमले सानदार प्रदर्शन गरे । उनले १५.१ ओभरमा एक मेडनसहित ५९ रन दिएर ८ विकेट लिए । यस्तै, सोमपाल कामी र पवन कार्कीको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…