2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ

काठमाडौँ | जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

पहिलो इनिङमा सस्तैमा अलआउट भएको आर्मीले दोस्रो पारीमा केही सुधारिएको प्रदर्शन गर्‍यो । यस इनिङमा आर्मीका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । उनले १३८ बलमा १० चौका र एक छक्कासहित अविजित ८२ रनको पारी खेले ।

यस्तै, तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन जोडे । पुलिसका लागि कुशल भुर्तेलले चार, गुलशनकुमार झाले तीन, ललित राजवंशीले दुई तथा राशिद खानले एक विकेट लिए ।

वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा पहिलो इनिङमा आर्मी क्लब ३४.४ ओभरमा १ सय २१ रनमै अलआउट भएको थियो ।

उसका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२ र पवन कार्कीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आर्मीको इनिङ ध्वस्त पार्नेक्रममा पुलिस क्लबका बायाँहाते स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले १४।४ ओभरमा ४ मेडनसहित ४७ रन दिएर सर्वाधिक सात विकेट लिए ।

यस्तै, पुलिस पहिलो इनिङमा १ सय २५ रनमै अलआउट भयो । ऊ पहिलो इनिङमा ३३.१ ओभरमा १ सय २५ अलआउट भएको हो । योसँगै पुलिसले ४ रनको अग्रता लिएको थियो ।

उसका लागि गुलशन झाले ५४ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३, दिलिप नाथ र प्रेम तामाङले १०/१० रन जोडे ।

आर्मीका लागि बलिङमा स्पिनर साहब आलमले सानदार प्रदर्शन गरे । उनले १५.१ ओभरमा एक मेडनसहित ५९ रन दिएर ८ विकेट लिए । यस्तै, सोमपाल कामी र पवन कार्कीको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल