२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट

२०८१, २४ पुष बुधबार १३:३६

काठमाडौँ | जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई पहिलो इनिङग्समा १२९ रनमै अलआउट गरेको छ।

वीरगञ्जमा टस जितेको पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेस लञ्चपछि ब्याटिङ नचल्दा १२९ रनमा अलआउट भएको हो। ३ विकेट गुमाउँदा ९९ रन जोडेको मधेशले बाँकी ७ विकेट गुमाउँदा केवल ३० रन मात्र बनाउन सक्यो।

मधेशका लागि ओपनिङ ब्याटर मयन यादवले ५९ रन जोडे भने निरज यादवले २९ रनको योगदान गरे। मयनले बागमतीविरूद्धको अघिल्लो खेलमा शतक प्रहार गरेका थिए। अभिषेक तिवारीले नटआउट १७ रन जोड्दा मधेशका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा पुलिसका गुल्सन झाले ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिन सफल भए। अघिल्लो खेलमा पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना