२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट

२५ पुष २०८१, बिहीबार १२:०७

काठमाडौँ | जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो इनिङमा बागमती प्रदेश २ सय रनमा अलआउट भएको छ । बागमती ५० ओभरमा २ सय रनमा अलआउट भएको हो । योसँगै आर्मीले ७६ रनको अग्रता पाएको छ ।

पहिलो इनिङमा बागमतीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । उनले ८० बलमा दुई छक्का र एक चौकासहित ५१ रनको पारी खेलेका हुन् ।

यस्तै, शुभ कंशाकारले ३४, उत्तम थापाले २८, रित गौतमले २१, विपिन आचार्यले २०, प्रतिश जिसी र आशुतोष घिरैयाले ११/११ तथा कप्तान सन्दीप लामिछानेले १० रन जोडे ।

आर्मीका लागि आकाश चन्दले तीन, सोमपाल कामी, शाहब आलम र पवन कार्कीले दुई/दुई विकेट लिए । त्यसअघि जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा २७६/५ को स्थितिमा पारी समाप्तिको घोषणा गर्‍यो ।

उसका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय इनिङ खेले । इमरानले १०४ बलमा ११ चौकाको सहयोगमा ७२ तथा बसिरले ६४ बलमा ८ चौकासहित अविजित ५३ रनको पारी खेलेका हुन् ।

यस्तै, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन जोडे । बागमतीका लागि विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । आर्मी र बागमती दुवैले पहिलो म्याच ड्र खेलेका थिए । पहिलो खेलमा आर्मीले पुलिस तथा बागमतीले मधेश प्रदेशसँग ड्र खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…