2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जय ट्रफी : आर्मीविरुद्ध बागमती २०० रनमा अलआउट

काठमाडौँ | जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो इनिङमा बागमती प्रदेश २ सय रनमा अलआउट भएको छ । बागमती ५० ओभरमा २ सय रनमा अलआउट भएको हो । योसँगै आर्मीले ७६ रनको अग्रता पाएको छ ।

पहिलो इनिङमा बागमतीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । उनले ८० बलमा दुई छक्का र एक चौकासहित ५१ रनको पारी खेलेका हुन् ।

यस्तै, शुभ कंशाकारले ३४, उत्तम थापाले २८, रित गौतमले २१, विपिन आचार्यले २०, प्रतिश जिसी र आशुतोष घिरैयाले ११/११ तथा कप्तान सन्दीप लामिछानेले १० रन जोडे ।

आर्मीका लागि आकाश चन्दले तीन, सोमपाल कामी, शाहब आलम र पवन कार्कीले दुई/दुई विकेट लिए । त्यसअघि जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङमा २७६/५ को स्थितिमा पारी समाप्तिको घोषणा गर्‍यो ।

उसका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय इनिङ खेले । इमरानले १०४ बलमा ११ चौकाको सहयोगमा ७२ तथा बसिरले ६४ बलमा ८ चौकासहित अविजित ५३ रनको पारी खेलेका हुन् ।

यस्तै, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन जोडे । बागमतीका लागि विपिन आचार्यले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । आर्मी र बागमती दुवैले पहिलो म्याच ड्र खेलेका थिए । पहिलो खेलमा आर्मीले पुलिस तथा बागमतीले मधेश प्रदेशसँग ड्र खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल